जिल्ला स्तरिय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न

गौरवशाली १० वर्ष पार गरेको अवसरमा आयोजित "FIRST INTER SCHOOL DISTRICT LEVEL ULTIMATE QUIZ-2080" सम्पन्न भएको छ। कार्यक्रममा चितवन जिल्लाभरिका विधालयहरू बाट २१ टिम सहभागि भएका थिए। कार्यक्रममाको उदघाटन प्रमुख अतिथि कालिका नगरपालिकाको मेयर बिनोद रेग्मीले गर्नुभएको थियो। कार्यक्रममाको प्लाटिनम स्पोन्सर रहेको नारायणी पब्लिक कलेजको संयोजक जनकराज घिमिरेले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रमलाई कालिका नगरपालिका, कालिका स्काउट र रोट्रयाक्ट क्लब अफ रत्ननगरले सहकार्य गरेको थियो भने कालिका फोटो स्टुडियो स्पोटिङ पाट्नरको रूपमा रहेको थियो।

कार्यक्रममा दुई चरणमा सम्पन्न भएको थियो। पहिलो सेलेक्सन चरणबाट १० टिमहरू दोश्रो चरणको (फाईनल राउण्डमा) लागि छनोट गरिएको थियो। कार्यक्रममा आइरिस इङ्लिस बोर्डिङ स्कुल प्रथम, नारायणी नमुना मा. वि. द्वितीय र स्काई राईडर तृतीय भएको थियो र क्रमशः रू. १५५५५/-, रू. १०५५५/- र रू. ५५५५ /- ट्रफी, प्रमाण पत्र प्रदान गरिएको थियो। साथै सहभागी सम्पुर्ण विधालय र विधार्थी हरूलाई पनि सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो। विधार्थीहरको शैक्षिक एवम् बौद्धिक क्षमता अभिवृद्धि गर्न र गराउन, सरकारी सेवा, आयोगको तयारीको लागी पुर्व तयारी गर्न र गराउन यस कार्यक्रम आयोजना गरिएको र आगामी बर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने न्यू अल्टिमेटम आई टी इन्स्टिच्युट का म्यानेजिङ डाईरेक्टर दिपेश बस्नेतले बताउनुभयो दिनुभयो।

Computer Operator Course