कालिका नगरपालिका–६ खोलेसिमल, चितवन अवस्थित यस न्यू अल्टिमेट आईटि इन्स्टिच्युटको गौरवशाली १० वर्ष पार गरेको अवसरमा तपशिल मिति र स्थानमा "FIRST INTER SCHOOL DISTRICT LEVEL ULTIMATE QUIZ-2080" आयोजना हुन गईरहेको सहर्ष जानकारी गराउदै प्रतियोगितामा सहभागिताका लागि यथासिघ्र सम्पर्क गर्नुहुन चितवन जिल्ला अन्तर्गतका सम्पुर्ण विद्यालयहरुमा यो सुचना सुचित गरिन्छ ।
तपशिलः
स्थानःकालिका बैन्क्युट, खोलेसिमल, चितवन ।
मितिः२०८०।०७।२३ गते बिहान ९ः०० बजे
प्रतियोगिता सम्बन्धि नियमहरुः
मिति २०८०।०७।२१ गते बेलुका ५ः०० बजे सम्ममा विद्यालयको नाम दर्ता गराइसक्नु पर्नेछ ।
एक जना शिक्षक प्रतिनिधी सहित कक्षा १० सम्मका एक टिममा ३ जना (१ जना छात्रा अनिवार्य) विद्यार्थीहरुको नाम दर्ता गराउनु पर्नेछ ।
एक विद्यालयबाट बढिमा २ वटा टिम दर्ता गराउन सक्नेछ । साथै प्रति टिम दर्ता शुल्क रु.६००।– लाग्नेछ ।
विद्यालयले शिक्षक र विद्यार्थीको नाम सहितको सहभागिता जनाउने सिफारीस पत्र अनिवार्य पठाउनु पर्नेछ ।